झापा ।
पूर्वी पहाडी क्षेत्रमा रहेका बासिन्दाको भावना प्रतिनिधित्व गर्ने नेपाली कथानक चलचित्र मुर्चुङ्गाको सुटिङ कार्य इलामको पर्यटकीय स्थल केही दिन यता श्रीअन्तुमा धमाधम भैइरहेको छ ।
दिल कुमार याक्सोको निर्देशनमा बन्न लागेको सो चलचित्रले आफनो संस्कृति,भेषभूषा,रितिरिवाजलाई जोड दिने बताइएको छ । अहिले सो चलचित्र इलामको चर्चित पर्यटकीय स्थल श्रीअन्तुमा छाँयाङकन भैइरहेको छ ।
चलचित्रमा नेपालका उदयमान नायकको रुपमा जीवन लिम्बुले अभिनय गरेका छन् । भने चलचित्रमा सोलखुम्बु जिल्लाबाटै पहिलो पटक कला राई नायिकाको रुपमा प्रस्तुती दिएकी छिन् । सो चलचित्रको निर्देशक सल्लाकार उदय सुब्बा रहेका छन् ।
चलचित्रको संगित विकास चौधरीको रहेको छ भने नृत्य निर्देशकमा दिनेश पाखिनले गरेका छन् । चलचित्रको मुख्य कलाकारहरुमा सुरविर पण्डित,बुद्ध तामाङ(हैट)विष्णु सापकोटा(हर्के हवल्दार),अनु लिम्बु,केदार उप्रेती,प्रकाश खतिवडा,लक्षु शर्मा लगायतका अन्य कलाकारहरु रहेका छन् । चलचित्र इलाम,झापा सहित ताप्लेजुङमा सुटिङ हुने नायक लिम्बुले बताए । चलचित्रमा नेपालीपन कथा आफनोपन भरिएको नायक लिम्बुले बताए । चलचित्रमा सुटिङ कार्य ३० प्रतिशत सकिएको बताइएको छ ।