एजेन्सी:
भारतीय चर्चित कमेडी टेलिभिजन रियालिटी शो ‘द कपिल शर्मा शो’ बन्द हुने स्थितिमा पुगेको छ। मशहुर गुलाटी सुनील ग्रोबर र कपिल शर्माबीच विवादपछि द कपिल शर्मा शो’ बन्द हुने स्थितिमा पुगेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। तर यसबारेमा कपिल शर्माको अफिसियल प्रोडक्शन हाउस (k9)ले कुनै प्रतिक्रिया दिएका छैनन्। गुलाटीले छाडेपछि कपिलले शोमा नयाँ कमेडियन ल्याए पनि दर्शकलाई रमाइलो दिन सकेनन्।
रिपोर्टमा बताइए अनुसार जब सुनील ग्रोबर, चन्दन प्रभाकर तथा अली अजगर ‘नानी’ ले एकै पटक कपिल शर्मा शो छाडे तब उनीहरुको ठाउँमा कमेडियनहरु राजु श्रीवास्तव, सुनील पाल र अहसान कुरेशीलाई ल्याइयो। तर उनीहरुले सुनील, चन्दन र अजगर स्तो प्रस्तुती दिन सकेनन् भने च्यानल खासै खुशी देखिएन।
फिल्मको सुटिङको लागि निस्किए कपिल
जब ‘द कपिल शर्मा शो’ को सेटमा कुनै सेलिब्रेटठी नआएपछि कपिलले आफ्नो शोलाई थाती राखेर फिल्मको सुटिङमा पुग्न बाध्य भए। उनी आफ्नो फिल्म ‘फिरंगी’ को सुटिङका लागि बीकानेर प्रस्थान गरे र सुटिङपछि उनी २९ मार्चमा मुम्बइ फर्किएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ।
कपिलले कम्पनीसँग सय करोड बढीको डिल गरकेा थिए
केही दिन पहिले उनले ‘द कपिल शर्मा शो’ लाई सन् २०१७ सम्म टिकाउन कम्नीसँग सय करोड बढीको डिल गरेका थिए। तर उनलाई कम्पनीले ११० करोडको अफर गरेको थियो। तर अब यो शो बन्द भएमा कपिललाई ठूलो झट्का लाग्ने अनुमान गरिएको छ।
के थियो कपिल र सुनीलबीचकव विवाद ?
केही साता पहिले अस्ट्रेलिया ट्रिप जाने क्रममा कपिलले चन्दन प्रभाकर ‘चन्दु’लाई गिज्याउँदै गाली गरेका थिए। उनले सिड्नीको होटेलमा त्यसपछि मेलवर्न र यसपछि फर्किने क्रममा फ्लाइटमा पनि चन्दसँग झगडा गरेका थिए।
फ्लाइटमा उनले सुनील ग्रोबरलाई गाली मात्र होइन कुटपीट पनि गरेका थिए। यसपछि उनीहरुबीच बोलचाल बन्द भएको थियो भने सुनीलले कपिल शर्मा शो मा जान छाडिदिएका थिए।अन्नपूर्णबाट