Aamsanchar

बिर्तामोडमा आयो हुण्डाईको ‘ग्राण्ड आई टेन’

Author Image
शुक्रवार, चैत १८, २०७३


बिर्तामोड ।

झापाको बिर्तामोडमा रहेको न्यू अटो प्लाजा कन्सन प्रालिले बिहीबारबाट ‘ग्राण्ड आई टेन’ को बिक्री वितरण शुरु गरेको छ ।
नेपालका लागि हुण्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरनेशनल प्रालिको आधिकारिक विक्रेता न्यू अटो प्लाजाले एक समारोहकाबीच गाडीको उद्घाटन गर्दै बिक्री–वितरण शुरु गरेको हो ।
बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीको प्रमुख आतिथ्य तथा नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रमकाबीच गाडीको लञ्च गरिएको थियो ।
कार्यक्रममा कोरियन गाडी निर्माता कम्पनी हुण्डाई मोटरको नयाँ मोडल ‘ग्राण्ड आई टेन’ ले ग्राहकको मन जित्ने प्लाजाका मेजेजिङ डाइरेक्टर कुमार थापाले बताए । बजारको परिवर्तित चाहना र ग्राहकको बढ्दो आकांक्षालाई मध्यनजर गर्दै उक्त गाडीको बिक्री–वितरण शुरु गरिएको बताउँदै थापाले भने– ‘कम्पनीले बजारमा आइ टेन र आइ ट्वान्टी मोडलको बीचको भर्सनका रुपमा ग्राण्ड आई टेन ल्याइएको छ । यो गाडीले सबैको पक्कै पनि मन जित्छ ।’ गाडीको मूल्य २६ लाख ९६ हजारदेखि ३४ लाख ५६ हजारसम्म पर्ने कम्पनीका कार्यालय प्रमुख तीर्थराज आचार्यले बताए ।


ग्राण्डमा के छ नया“ ?
ग्राण्ड आई टेन १२०० सीसी क्याप्प डुवल भीटीभीटी पेट्रोल इञ्जिनयुक्त कार हो । यो गाडी गुणस्तरीय, भरपर्दो र विश्वसनीय रहेका कारण छिट्टै बजार लिने विश्वास कम्पनीले गरेको छ । यस मोडलमा युरोपमा प्रयोग भएको फ्लुडिक डिजाइनका आधारमा बनाइएको छ । जुन कारण गाडी स्टाइलिष्ट रहेको छ । कम्पनीका अनुसार गाडी नेपाली बाटो र उपभोक्ता सुहाउँदो रहेको छ ।
ग्राण्ड आई टेन नेपाली बजारमा विभिन्न आठ रंगमा उपलब्ध हुने लक्ष्मी समूहका निर्देशक अञ्जन श्रेष्ठले जानकारी दिए । बजारमा उपलब्ध यस मोडलका कारमा पहिलो पटक दु–डीआइएन म्युजिक सिष्टम प्रयोग गरिएको बताइएको छ । जसमा १ जीबी आन्तरिक मेमोरी समेत रहेको छ । यसमा उपभोक्ताको माग अनुसार ब्लुटुथ समेत राखिएको छ ।
ग्राण्ड आई टेन बनाउँदा यात्रुको सुरक्षालाई विशेष ध्यान दिएको कम्पनीले दाबी गरेको छ । मल्टिफङ्सन स्टेरीङ ह्वील, रेयर पार्किङ सेन्सर लगायत विशेषताहरु यसमा रहेका छन् । कम्पनीले शुरुमा ग्राण्ड आई टेन खरिद गर्ने ग्राहकलाई विशेष अफर अन्तर्गत १ लाख ५० हजार रुपैयाँसम्म नगद छुट उपलब्ध गराउने जनाएको छ । यसअघि बजारमा आएको आई टेन नेपालीहरु माझ निकै लोकप्रिय हुन सफल भयो । सानो स्थानमा पनि सहजरुपमा पार्किङ गर्न सकिने, धेरै माइलेज दिने, बलियो इञ्जिन प्रयोग गरिएको, आकर्षक डिजाइन भएका कारण आई टेन उपभोक्ताले रुचाएका हुन् । नयाँ मोडलको ग्राण्ड आई टेन पनि उत्तिकै मन पराइदिने विश्वास निर्देशक श्रेष्ठले व्यक्त गरे । ह्याचव्याक सेगमेन्टमा आई टेन सर्वाधिक बिक्री हुने गाडीमा पर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 101

प्रतिक्रिया (०)

सम्बन्धित खबर