मोरङको बेलबारीस्थित लक्ष्मीमार्गमा रहेको कौण्डिन्य आचार्यहरुको सांस्कृतिक केन्द्रमा बसेको साधारणसभाले २ वर्षे कार्यकालका लागि नयाँ समिति निर्माण भएको हो । २०६४ सालमा स्थापित कल्याण समाजको उपाध्यक्षमा जयधर्म आचार्य, शिव आचाई र दुर्गा रिजाल आचार्य चयन भएका छन् । सचिवमा ठाकुर प्रसाद आचार्य, सहसचिवमा गणेश आचार्य र कोषाध्यक्षमा सन्तोष आचार्य चयन भएका छन् ।
समाजको सदस्यहरूमा चक्रप्रसाद आचार्य, देवीप्रसाद आचार्य, गुणराज आचार्य, गोपाल आचार्य, लिलाप्रसाद आचार्य, मुरारी आचार्य, नारायण प्रसाद आचार्य (ए), नारायणप्रसाद आचार्य (बि), रोशन आचार्य, कालिप्रसाद आचार्य, विनिता भारती आचाई र जानूका दाहाल आचार्य चयन भएका छन् । उक्त साधरणसभाले जिल्ला कार्यसमितिको सल्लाहकारमा १४ जनालाई चयन गरेको छ । जसमा जीवन आचार्य, चुडामणि आचार्य, बालकृष्ण आचार्य, भवकृष्ण आचार्य, मिन कुमार आचार्य, हरिप्रसाद आचार्य, गंगा प्रसाद आचार्य, शान्तिप्रसाद आचार्य, मिता आचार्य, हिराप्रसाद आचार्य, छत्रमणि आचार्य, अम्बिका प्रसाद आचार्य रहेका छन् ।
साधरणसभाले सबै पालिकाका आचार्य कल्याण समाजका अध्यक्षहरूलाई जिल्लाको पदेन सदस्य रहने निर्णय पनि गरेको छ । यस्तै आचार्य बन्धुहरूको हकहित र सांस्कृतिक सम्पदाहरूको संरक्षणको लागि कोष खडा गर्न आगामी २०८१ मङ्सिरमा वृहत महायज्ञ पुराण लगाउने निर्णय गरेको छ । अध्यक्ष पदम प्रसाद आचार्यले साधरणसभामा यसअघि भएका गतिविधि र आगामी योजना सहितको प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष सन्तोष आचार्यले आर्थिक प्रतिवेदन पेश गरेका थिए । आवश्यक छलफलपछि दुवै प्रस्ताव सर्वसम्मतिले पारित भएको अध्यक्ष आचार्यले जानकारी दिए ।