Aamsanchar

मकाउमा मासिक १ लाख ८० हजार तलबमा पठाइदिन्छु भन्दै ठग्ने पक्राउ

Author Image
आइतवार, माघ १४, २०८०

काठमाडौं – आकर्षक तलबमा मकाउ पठाइदिन्छु भनी पटक-पटक गरी पैसा ठगेर भागेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महाराजगंज बस्ने ५३ वर्षीय पृथ्वीराज सिग्देल छन्।

उनले मनिराम तिमल्सिना समेतलाई मकाउमा मासिक १ लाख ८० हजार तलबमा पठाइदिन्छु, प्रतिव्यक्ति ९ लाख रुपैयाँ लाग्छ भन्दै पीडितसँग २ लाख ७० हजार रुपैयाँ लिएर फरार भएको उजुरीपछि उनलाई शुक्रबार दरबारमार्गबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनका प्रहरी उपरीक्षक ९एसपी० रवीन्द्र रेग्मीले जानकारी दिए।

पक्राउ परेका सिग्देललाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर