Aamsanchar

यति डेभलपमेन्ट बैंकद्वारा दुई सय विद्यार्थीलाई ब्याग वितरण

Author Image
शुक्रवार, चैत १८, २०७३
बिर्तामोड ।
 यति डेभलपमेन्ट बैंक लिमिटेड बिर्तामोड शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत शुक्रबार देवी माध्यमिक विद्यालयका २ सयजना विद्यार्थीलाई ब्याग वितरण गरेको छ ।
देवी मावि कक्षा १ र २ मा अध्ययनरत् बालबालिकालाई विद्यालय जाँदा–आउदा कापीकिताब बोक्न सजिलो होस भनेर ब्याग वितरण गरिएको यति डेभलपमेन्ट बैंकका बिर्तामोड शाखा प्रबन्धक सञ्जिव बरालले बताए ।
विद्यालयका अध्यक्ष लक्ष्मीप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी, वीरता लेडी जेसीजकी अध्यक्ष नैनकला भट्टराई, विद्यालयका प्रधानाध्यापक लेखनाथ भट्टराई, सहायक प्रधानाध्यापक बद्री भट्टराई लगायतले यति डेभलपमेन्टको सामाजिक कार्यको सराहना गरे । बैंककी कर्मचारी बनिता पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव गोमा भट्टराईले गरेकी थिइन् ।
२०६७ सालबाट बिर्तामोडमा शाखा स्थापना गरी सेवा पु¥याउँदै आएको यति डेभलपमेन्ट बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।
यति डेभलपमेन्ट वैंकको देशभर २५ शाखा र २४ वटा एटीएम काउन्टर रहेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)

सम्बन्धित खबर