Aamsanchar

दुना टपरी उद्योगबाट मासिक चार लाख आम्दानी,६५ भन्दाबढी महिलालाई रोजगारी

Author Image
मङ्गलवार, माघ १६, २०८०

कावासोती –पूर्वी नवलपरासीको कावासोती नगरपालिकाको वडा नं १६ मा सालको पातको दुना,टपरी बनाएर बिक्री गर्ने र विदेश जानेहरूलाई प्रेरणाका स्रोत मात्रै होइनन कमाई लिन र रोजगारी दिन दुवै सक्षम भएका छन् दुना टपरी व्यवसायी वासुदेव गिरी ।

आफू सँगका साथीभाइ सबै पैसा कमाउन बिदेसिए तर गिरी विदेशको नाम उच्चारण गर्न पनि मान्दैनन् र दुना टपरी उद्योग चलाएर मासिक चार लाख बढी कमाउँछन् र आफ्नो उद्योगमा ६५ बढी महिलालाई रोजगारी दिन समेत सफल भएका छन् ।

पूर्बी नवलपरासीको कावासोती नगरपालिका वडा नं १६ अज्यौलीको डण्डाबजारमा ईन्द्रदेब दुना टपरी उद्योग सञ्चालन गरेका गिरीले सालको दुना टपरी बनाएर मासिक चार लाख बढी कमाउने गरेको बताउनुहुन्छ भने कारखाना नै चलाएर धेरैलाई रोजगारी समेत दिएको बताउनुहुन्छ ।

४० बटा दुना टपरी बनाउने मेशिन चलाएर राम्रो आम्दानी लिन सफल गिरी त्यहाँ उत्पादित दुना टपरी काठमाडौँ,पोखरा,नारायणगढ,बुटवल,लगायत देशको सबै ठाउँमा सजिलै बिक्री हुने गरेको बताउनुहुन्छ ।

दुना टपरी उद्योगमा कामदारका रुपमा रहेका दल बहादुर विकले यसबाट राम्रो आम्दानी लिन सफल भएका बताउनुहुन्छ । मेशिनमा जति धेरै दुना टपरी बनायो त्यति धेरै पैसा कमाउन सकिने र यो पेशा नै रोजगारीको राम्रो र भरपर्दो आयस्रोत भएको अर्की रामकुमारी थापाको भनाई छ ।

नेपाल भरि यसको व्यापार राम्रो रहेको र सालको दुना टपरी ठुलो बण्डलको एक सय पचास र सानो बण्डलको असी रुपियाँमा र थोकका एक रुपियाँमा बिक्री हुने गरेको सञ्चालक गिरीको भनाई छ ।

बिहे भोज देखि व्रतबन्ध,पूजापाठ,लगायत हरेक शुभ कार्यमा दुना टपरी को माग अत्यधिक बढ्न थाले पछि पुर्‍याउन धौ धौ हुने गरेको गिरीको भनाई छ ।

Views: 72

प्रतिक्रिया (०)

सम्बन्धित खबर