Aamsanchar

आहा–रारा गोल्डकप : फाइनल प्रवेशका लागि आज थ्री स्टार क्लब र जावलाखेलले खेल्ने

Author Image
बुधवार, माघ १७, २०८०

काठमाण्डौ –पोखरामा चलिरहेको २३औँ संस्करणको आहा–रारा गोल्डकप फुटबलको फाइनल प्रवेशका लागि आज थ्री स्टार क्लब र जावलाखेलले खेल्दैछन् ।

पोखरा रङ्गशालामा हुने सेमिफाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । थ्रीस्टार भुटानको पारो फुटबल क्लबलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने जावलाखेलले मनाङ मर्स्याङ्दीलाई हराएको थियो ।

प्रतियोगिताको फाइनल पर्सि शनिवार हुनेछ । प्रतियोगिताको उपाधि विजेताले १२ लाख एक हजार र उपविजेताले ६ लाख एक हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर