Aamsanchar

बाबा बैजनाथ सुगर मिलका संचालकको कालो कर्तुत बाहिर आउने भएपछि पत्रकारमाथि हातपात 

Author Image
मङ्गलवार, माघ २३, २०८०

रौतहट। रौतहटको कटरिया नगरपालिकामा रहेको बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिमा समाचार संकलन गर्न गएका एक पत्रकारलाई निर्घात कुटपिट गरिएको छ।

किसानले चिनी मिलमा लगेको १०० क्विन्टल उखुलाई ७० क्विन्टल बनाइएपछि किसानहरूले आन्दोलन गरेका थिए।

किसानहरूले उखु काटा गर्ने ठाउँमा नारा जुलुस गरेपछि समाचार सङ्कलनका लागि पुगेका पत्रकार कृष्ण तिवारीमाथि मिल सञ्चालकले निर्घात कुटपिट गरेका हुन्।

कटहरियाका मेयरसमेत रहेका बाबा बैजनाथ सुगर एण्ड केमिकल प्रालिका सञ्चालककै मिलोमतोमा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्। कटहरिया नगरपालिकाका मेयर अजय प्रकाशकै संलग्नतामा आफूमाथि कुटपिट भएको पत्रकार तिवारीले बताएका छन्।

पत्रकार तिवारीको मोबाइल र क्यामेरासमेत मिल सञ्चालकले लुटपाट गरेको बताइएको छ। घाइते पत्रकार तिवारीको अहिले गरुडास्थित हेल्थ ल्यान्ड अस्पतालमा उपचार भइरहेको छ।

घटनामा संलग्न मिल्स सञ्चालकमाथि कडा कारबाहीको माग गर्दै नेपाल पत्रकार महासङ्घका अध्यक्ष प्रेमचन्द्र झाले दोषीलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 78

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ बढेकाेबढ्यै
आइतवार, कार्तिक ४, २०८१
अहिलेसम्मकै महंगो भयाे सुन र चाँदी
शुक्रवार, कार्तिक २, २०८१