Aamsanchar

ज्ञानबहादुर सुब्बा स्मृति फुटवल प्रतियोगिताको उपाधि दुहागढी–४ लाई

Author Image
शनिवार, चैत १९, २०७३

चारआली ।

झापाको मेचीनगरका प्रतिभा युवा क्लबद्धारा आयोजित ज्ञानबहादुर सुब्बा स्मृति वडा स्तरीय फुटवल प्रतियोगिताको उपाधि दुहागढी–४ ले हात पारेको छ । शनिबार दुहागडी–९ र वडा नम्बर ४ बीच अत्यन्तै रोचक फाइनल खेलमा २–४ गोल अतरले वडा नम्बर ९ उछिन्दै उपाधि हात पारेको हो ।

खेलको पूरा समयसम्म दुवै टीमले गोल गर्न नसकेपछि खेल ट्राइवेकरमा परिणत भएको थियो । दर्शकको निकै उत्साह रहेको उक्त खेलमा वडा नम्बर ९ ले दुई वटा गोल गर्न चुकेपछि वडा नम्बर ४ विजयी भएको हो । उसले ३१ हजार नगद, ट्रफी र प्रमाणपत्रद्धारा प्रमुख अतिथि खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा र विषेश अतिथि विमल आचार्य, नरेन्द्र मेचे गछामलगायतले पुरस्कार वितरण गरेका थिए ।
उक्त प्रथम पुरस्कारको राशी खेलप्रेमी समाजसेवी नरेन्द्र मेचे (गछाम) ले प्रदान गरेका हुन् । खेलको उपविजेता टीमलाई नदग १६ हजार, ट्रफी र प्रमाणपत्रद्धारा सम्मान गरिएको थियो । दोश्रो पुरस्कारको राशी माओवादी केन्द्रका संयोजक बाबुलाल सुब्बाले प्रदान गरेका थिए । खेल अवधिभर म्यान अफदी म्याच र म्यान अफ दी सिरिज ४ का विशाल मुखियालाई प्रदान गरिएको छ । म्यान अफ दि म्याचको राशी २ हजार रहेको छ ।
त्यसैगरी उत्कृष्ठ गोलकर्ताको रुपमा आयोजकका मनित तामाङलाई २ हजार नगद प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको थियो । उमेश ओझाको अध्यक्षतामा सम्पन्न फाइलन प्रतियोगिता समारोहमा प्रमुख अतिथि शंकर थापाले खेल क्षेत्रको विकास र यसको महत्वलाई युवा पुस्ताले बुझ्दै अघि बढे भविश्य राम्रो हुने बताए ।
कार्यक्रममा दाताहरु नरेन्द्र मेचे र बाबुलाल सुब्बालाई सम्मान गरिएको थियो । कार्यक्रममा एमालेका जीवन प्रसाई, कांग्रेसका पुष्प कार्की, राप्रपाका बद्री महत,  माओवादीका कृष्णकुमारी सुवेदीले कार्यक्रमको सञ्चालन भोजराज पराजुलीले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 191

प्रतिक्रिया (०)

सम्बन्धित खबर