Aamsanchar

दिल्लीमा सम्पन्न इन्डियन ओपन किक बक्सिङमा नेपाललाई १ स्वर्ण र ३ कांस्य

Author Image
सोमवार, माघ २९, २०८०

काठमाडौं – भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगितामा नेपालले १ स्वर्ण र ३ कांस्यसहित ४ पदक जितेको छ। फेब्रुअरी ६ देखि ११ तारिखसम्म चलेको प्रतियोगितामा पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण पदक जितेका हुन्।

जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक दिलाए।

४ जना खेलाडिले नै पदक जित्न सक्नु देशका लागि गर्वको कुराको भएको प्रशिक्षक दिवान्स श्रेष्ठले बताए। प्रशिक्षक श्रेष्ठ थाइल्यान्डको बैङ्क्कमा १ वर्ष केवान कोच ट्रेनिङबाट फर्केलगत्तै राष्ट्रिय टोली समालेका हुन्।

व्यवस्थापक सिमोन उप्रेती र निर्णायक विन्दा नेपाली सहित किक बक्सिङ् टोली भोलि नेपाल फर्किंदै छ। यसअघि ७ सदस्यीय नेपाली टोली गत मंगलबार भारतको नयाँ दिल्ली गएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर