Aamsanchar

नयाँ बर्षको अवसरमा युएईमा प्रवासी मञ्चको भलिवल प्रतियोगिता

Author Image
मङ्गलवार, चैत २२, २०७३

भरत शिवाकोटी

  [युएई]

  ‘’खेल खेलौ स्वस्थ बनौ’’ भन्ने मुल नाराका साथ प्रवासी नेपाली मञ्च, युएई सारजाहा राज्य कमिटीले नयाँ बर्ष २०७४ को अवसरमा अन्तर कमिटी भलिवल प्रतियोगिता गत शुक्रबार ३१ मार्च २०१७ मा सम्पन्न गरेको छ |

प्रवासी नेपाली मञ्च, युएई का रास्ट्रिय कमिटी अध्यक्ष श्याम कडेंल प्रमुख अतिथी रहेको प्रतियोगितामा भूतपूर्व रास्ट्रिय कमिटी अध्यक्ष तथा वर्तमान सचिवालय सदस्य प्रकाश कोइराला,सचिव कृष्ण पौडेल,प्रवीण पोख्रेल,जिफन्ट अध्यक्ष रामेश्वर भेटवाल,एनआरएन सारजाह अध्यक्ष टक गुरुङ, रास्ट्रिय कमिटी सदस्यहरु बाबुराम सापकोटा,तिर्थ भट्टराई,आवुधावी राज्य कमिटी अध्यक्ष पुन्य प्रसाद शर्मा (पुस्कर), दुबई राज्य कमिटी अध्यक्ष प्रकाश खतिवडा लगायतको उपस्थिती रहेको कार्यक्रममा खेलाडीहरु लगायत युएईमा रहेका एमाले खेलप्रेमीहरु,एमाले कार्यकर्ताहरु तथा सर्वसाधारणको समेत उपस्थिति रहेको थियो |

प्रवासी नेपाली मञ्च, युएई राष्ट्रिय कमिटी, जिफन्ट सपोर्ट ग्रुप, आवुधावी राज्य कमिटी, सारजाह राज्य कमिटी, दुबई राज्य कमिटी, फुजेरा राज्य कमिटी, रसअलखेमा राज्य कमिटी, आयोजक ‘A’ र आयोजक ‘B’ गरि नौ वटा टिम सहभागी रहेको उक्त खेलमा भूतपूर्व रास्ट्रिय कमिटी अध्यक्ष तथा वर्तमान सचिवालय सदस्य प्रकाश कोइराला र सारजाह क्षेत्रीय कमिटी अध्यक्ष कृष्ण आचार्य ले भलीबल हस्तान्तरण गरेपछि प्रतियोगिता शुरु भएको थियो |

प्रतियोगितामा अबुधाबी राज्य कमिटी विजेता बनेको थियो भने उपविजेता जिफन्ट सपोर्ट ग्रुप बनेको थियो | विजेता टिम तथा खेलाडीहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा अतिथीहरुले नगद तथा मेडल वितरण गरेका थिए | सो कार्यक्रममा प्रमुख अतिथी रास्ट्रिय कमिटी अध्यक्ष श्याम कडेंल ले प्रवासी नेपाली मञ्च, सारजाहा राज्य कमिटीले आयोजना गरेको प्रतियोगिता प्रशंसा गर्न लायक रहेको र जुन उदेश्यका साथ खेल आयोजना भएको छ त्यसले मञ्चका सम्पूर्ण साथिहरुमा थप हौसला र निकटता बढने भन्दै नयाँ वर्ष २०७४ को सम्पूर्ण प्रवास तथा स्वदेशमा रहने नेपालीहरुमा शुभकामना व्यक्त गरेका थिए |

भुतपुर्व अध्यक्ष तथा वर्तमान सचिवालय सदस्य प्रकाश कोइराला ले सारजाहा राज्य कमिटीले आयोजना गरेको अन्तर कमिटी भलिबल प्रतियोगिताले युएई भरी छरिएर रहेका प्रवासी साथीहरूमा चिनजान तथा भातृत्व बढने र खेलाडीहरुको समेत वृद्धि, विकास तथा सम्मान हुने धारणा राखेका थिए ।कार्यक्रम सारजाहा राज्य कमिटीका अध्यक्ष कृष्ण आचार्यको सभापति तथा संचालन उपाध्यक्ष यम बहादुर पुरकोटी, रास्ट्रिय कमिटी सचिव प्रवीण पोख्रेल र कृष्ण पौडेल ले संयुक्त रुपमा गरेका थिए |

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 330

प्रतिक्रिया (०)