Aamsanchar

विश्वकप क्रिकेट लिग–२ : नेदरल्यान्ड्सद्वारा नामिबिया ७ विकेटले पराजित, नेपाललाई फाइदा

Author Image
सोमवार, फागुन ७, २०८०

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेदरल्यान्ड्सले नामिबियालाई ७ विकेटले हराएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा नामिबियाले दिएको १ सय २४ रनको सामान्य लक्ष्य नेदरल्यान्ड्सले २७ ओभर २ बलमा ३ विकेट गुमाएर भेटायो । नेदरल्यान्ड्सका माइकल लेभिटले ५७ रन बनाए । नामिबियाका गेरहार्ड इरासमसले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नामिबिया ३५ ओभर १ बलमा १ सय २३ रनमा अल आउट भयो । नामिबियाका जेजे स्मितले सबैभन्दा धेरै २६ रन बनाए । नेदरल्याड्सका आर्यन दत्तले करियरको उत्कृष्ट बलिङ गर्दै ९ ओभरमा ३४ रन दिँदै ६ विकेट लिए । यो नेदरल्यान्ड्सका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वोत्कृष्ट बलिङ हो ।

नेदरल्यान्ड्सको जितले नेपाललाई फाइदा पुगेको छ । नेपाल नेट रन रेटका आधारमा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ३ वटै टोलीले २/२ खेल खेलेकोमा १र१ खेल जितेका छन् । नेपालले नामिबियासँग हारेको थियो भने नेदरल्यान्ड्सलाई हराएको थियो । प्रतियोगितामा नेपालले अब पर्सि बुधवार नामिबिया र १३ गते आइतवार फेरि नेदरल्यान्ड्ससँग खेल्नेछ ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा ८ वटा टोलीले खेल्नेछन्, जसमा शीर्ष ४ वटा टोलीले सिधै विश्वकप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 88

प्रतिक्रिया (०)

सम्बन्धित खबर