

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा गौरीगञ्ज गाउँपालिका र विर्तामोड नगरपालिका भिड्ने भएका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको हो ।

खेलको निर्धारित समयमा दूवै टिमबाट १-१ गोल भएपछि खेल ट्राइबेकरमा धकेल्लिएको थियो । ट्राइवेकरमा दुवै टिमबाट ३-३ गोल भएपछि खेल सथनडेथमा धकेल्लियो । सडनडेथमा ३–२ गोल अन्तरले हराउँदे गौरीगञ्ज गाउँपालिका फाइनलमा प्रवेस गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । खेलको मेन अफदी म्याच गौरीगञ्जका जर्सी नं. ५ का खेलाडी लखीराम हेमरन घोषित भए ।




खेलको मेन अफ दी म्याच विर्तामोडका जर्सी नं. ९ का सडकलाल राजवंशी घोषित भए । दूवै टिमका मेनअफ दी म्याच घाषित भएका खेलाडीले नगद २÷२ हजार सहित ट्रफी प्राप्त गरे ।
अन्तरपालिका कर्मचारीहरुको फाइनल खेल शुक्रबार १ बजेदेखि हुने आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ । फाइनल खेलमा उपाधिका लागि विर्तामोड र गौरीगञ्ज भिड्ने छन् ।
प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उप विजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको छ ।

