Aamsanchar

फोन पानीले भिजेमा चामलभित्र नहाल्न एप्पलको चेतावनी

Author Image
बिहिवार, फागुन १०, २०८०

काठमाडौं – फोन वर्षाले भिजेमा, पानीको भाँडो वा बाथरुममा खसेको अवस्थामा धेरैले त्यसलाई समातेर चामलको बोरा अथवा अन्त कतै राखिएको चामलभित्र हाल्ने गरेको पाइन्छ । फोनभित्र पसेको पानीलाई चामलले सोस्न मद्दत गर्छ भन्ने ठानेर त्यसो गर्ने गरिएको छ ।

विज्ञले वर्षौँदेखि यस्तो कार्य गलत भएको बताउँदै आएका छन् । अहिले एप्पलले पनि आधिकारिक रूपमा त्यसो नगर्न चेतावनी दिएको छ ।

“आफ्नो आइफोन चामलको बोरामा नराख्नुहोस् । त्यसो गर्दा चामलका साना कणले तपाईंको आइफोनलाई क्षति पुर्‍याउन सक्छ,” एप्पलले एक ‘नोट’मा भनेको छ ।

क्षतिको जोखिमसँगै चामल फोनलाई सुकाउन प्रभावकारी नहुने परीक्षणले देखाएको कम्पनीले जनाएको छ ।

चामलभित्र उपकरण हाल्ने चलन सन् १९४६ मा क्यामेराको पालादेखि नै सुरु भएको अनुमान गरिएको छ ।

एप्पलले आइफोनलाई बाह्य तापको स्रोत वा कम्प्रेस्ड हावा प्रयोग गरेर पनि नसुकाउन भनेको छ ।

यस्तै, कनेक्टरमा कपासको स्वाब वा कागज नहाल्न समेत एप्पलले आग्रह गरेको छ ।

फोनले काम नगरेको नभए तुरुन्तै बन्द गर्न र कुनै पनि बटन नथिच्न एप्पलको सुझाव छ । कपडाले पुछेर र हावा भएको कनेक्टरमा राखेर फोन सुक्खा भएपछि मात्र चार्ज गर्न एप्पलको आग्रह छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१