Aamsanchar

लिपिन्देवी आधारभूत विद्यालय नजिकै ग्रिनेट बम फेला

Author Image
बिहिवार, फागुन १७, २०८०

पाल्पा – पाल्पामा विद्यालय नजिकै ग्रिनेट फेला परेको छ।

तानसेन नगरपालिका-११ जोगीपानीस्थित लिपिन्देवी आधारभूत विद्यालय नजिकै प्लास्टिक ग्रिनेट फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले बताए।

दि फेमस महेन्द्रदल गण नागपोखरी ब्यारेक पाल्पाबाट गस्ती गएको एलआरपी टोलीले बुधबार अपराह्न साढे ४ बजे ग्रिनेट फेला पारेको हो। आर्मीको टोलीले दाउरा खोज्ने क्रममा ग्रिनेट भेटेको थियो। स्थानीय मीना कुँवरको बाँझो बारीको कान्लामा भेटिएको हो।

धेरै वर्ष पुरानो ग्रिनेट पड्किसकेको हुनसक्ने चन्दले बताए। ​ग्रिनेट कसले, कहिले र किन राखेको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर