Aamsanchar

लखनपुरमा शूरु भएको पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगितामा प्रहरी विजयी

Author Image
शुक्रवार, चैत २५, २०७३

झापाको लखनपुरमा आजबाट शूरु भएको पूर्वाञ्चल स्तरीय फुटबल प्रतियोगितामा पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र विजयी भएको छ । प्रतियोगिताको पहिलो खेलमा सैनिक युथ क्लब बिर्तामोडलाई २–१ गोलले पराजित गर्दै नेपाल प्रहरी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

स्थानीय नन्द–चन्द्रकुमारी आङदेम्बे स्मृति प्रतिष्ठानको आयोजनामा भएको प्रतियोगितामा अग्रता भने सैनिकले लिएको थियो । पहिलो आफ गोल रहित बराबरीमा भएको खेलको दोस्रो आफको २ औँ मिनेटमै कप्तान विकेश लिम्बुले गोल गर्दै सैनिकलाई अग्रता दिलाएका थिए । उनले वान भर्सेस वानको अवस्थामा सहजै गोल गरेका थिए । तर सैनिकको उक्त अग्रता तोड्दै प्रहरीको टिमले खेल बराबरीमा ल्याएका थिए । प्रहरीका लागि सुशील यादवले ५८ र ६० औं मिनेटमा गोल गर्दै टिमलाई विजयी बनाए ।

खेलमा दुई गोल गर्ने यादव नै खेलको म्यान अफ द म्याच घोषित भए । उनले नगद ३ हजार रुपैयाँ नगद प्राप्त गरे । प्रतियोगितमा महासक्ति सप्लार्यस दमकले म्यान आफ द म्याचको पुरस्कार प्रायोजन गरेको थियो । प्रतियोगिता अन्तर्गत भोली काँकडभिट्टा फुटबल क्लब र शसस्त्र प्रहरीको विभागिय टोली लखनपुर बीच खेल हुने छ । आगामी बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा पूर्वका ८ वटा टिमको सहभागीता रहने आयोजक प्रतिष्ठानका सचिव विष्णु सुब्बाले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेले नगद एक लाख एक सय ११ र दोश्रो हुनेले ५० हजार रुपैयाँ नगद ट्फि तथा मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिताको उद्घाटन काँग्रेस नेता तथा सांसद भिष्मराज आङ्देम्बेले गरेका थिए । उद्घाटन कार्यक्रममा सांसद महेन्द्र कुमारी सुब्बा, शैक्षिक अगुवा पुर्णानन्द शर्मा, कमल गाउँपालिकाका कार्यकारी अधिकृत राजकुमार शाक्य लगायतले बोलेका थिए । प्रतियोगिताको पहिलो पुरस्कार कमलगाउँपालिका ५ निवासी हाल हङ्गकङ्गमा रहेका लक्ष्मि प्रसाद लिम्बु र दोश्रो पुरस्कार कोरियामा बस्ने सुन्दर आङदेम्बेले गरेका हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर