

काठमाडौं – वैदेशिक रोजगार विभागमा कार्यरत कर्मचारी रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले विभागका कर्मचारी प्रमोद निरौलालाई रंगेहात पक्राउ गरेको हो।

सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिँदै गर्दा उनी पक्राउ परेको अख्तियार स्रोतले जानकारी दियो। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।
Views: 82


