

काठमाडौं – त्रिपक्षीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले १७२ रनको लक्ष्य पाएको छ।

हङकङमा जारी नेपाल, हङकङ र पपुवा न्यू गिनी ९पीएनजी० बीचको खेलमा उपाधि भिडन्तमा पीएनजीले ८ विकेट गुमाएर १७१ रन बनाएको थियो।

नेपालका कुशल भुर्तेल र आकाश चन्दले तीनरतीन, करण केसी र गुल्शन झाले एकरएक विकेट लिए ।

नेपालले यसअघि लिग चरणमा भएको खेलमा पीएनजीलाई ८५ रनले हराएको थियो।
मंगलबार दिउँसोको खेलमा हङकङलाई १० विकेटले हराउँदै पीएनजी पनि फाइनलमा पुगेको थियो।
Views: 47

