Aamsanchar

बसन्त आउदा !

Author Image
आइतवार, चैत २७, २०७३

 

मेरो मन भएछ मग्न,

तन त्यसै त्यसै फुरूङ्ग,

मयूरको पङ्ख मैले पाएछु

क्यार,

छमछमी बसन्ती हावामा

पाईला नचाँउन मन लाग्छ,

बसन्ती फूल फक्रेको बास्ना

हावामा बुई चढी

चारतिर रमल्लीदा

मेरो तन भित्र बास्ना

भरू लाग्छ,

बसन्त आउदा कति रमाईलो

आहा ! कति रमाईलो;

ओहो,

सुनकेशरी फूल पखेरीमा,

डिलैमा गुलाफ खुलेको,

कोईलीको भाकामा आरूको

फूल घुल्लिदा,

अनि झनै बिहानीको लालुपाते

किरण मकैका बालामा झुल्लिदा,

खेतबारीमा सुन फुलेजस्तो,

केही छिन यतैतिर शिवपुरी

नै अलमल्लिए जस्तो,

बसन्त आउदा कति रमाईलो

आहा ! कति रमाईलो।

जहाँ,

वनमा नयाँ पालुवाको

बिग्न अनुराग हुदा,

प्रत्येक प्रभातमा टिप्लिक्क

सितको चाँदी पातहरूमा

सजिदा,

कसैको लागि प्रकृतिले

मङ्गल दिप जलाई

कुरिरहे जस्तो,

प्रकृतिले कुनै उत्सवमा

परिधान चटक्कै फेरे जस्तो,

मुस्कानमा कति मग्ध

चेहेरा जस्तो,

बसन्त आउदा कति रमाईलो

आहा ! कति रमाईलो;

झरनाले छङ्छङ् उच्छवास

हालेको परतिर दुवो भरिएको

चउरीमा मृगका हुल उफ्रिदा,

मेगाको बुन्द झमझम गरेर

गालामा टिप्किदा,

रोपाईको आभूषण छुपुछुपु

खेतको हिलोमा भासिदा,

असारे गर्मीमा देउराली भन्ज्याङ्

चौतारी नेर बतासको स्पर्शले

स्फूर्ती दिदा,

सर्वाङ्ग मेरो बिछट्टै हलुङ्गो

भए जस्तो,

बादल पारी बिनासित्ती नै कावा

खाए जस्तो,

अति नै मिठो स्वप्नको पोखरीमा

डुबुल्की लाए जस्तो,

बसन्त आउदा कति रमाईलो

आहा ! कति रमाईलो ।

कल्पना गुरुङ,
बिर्तामोड, झापा ।

Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर