

काठमाण्डौ – धनगढी उपमहानगरपालिका मेयर गोपाल हमालकी छोरी आरती हमाल भारतको गोवाबाट बेपत्ता हुनुभएको छ । केही महिनादेखि ओशो ध्यान गर्न गोवामा बस्दै आएकी छोरी हिजोदेखि सम्पर्कबिहीन भएको मेयर हमालले सामाजिक सञ्जालमार्फत जानकारी दिनुभएको छ ।

गोवा बस्ने शुभचिन्तक दाजुभाई दिदिबहिनीलाई खोजी कार्यमा सहयोग गरिदिन पनि मेयर हमालले आग्रह गर्नुभएको छ ।
Views: 33

