सकेसम्म चालु आर्थिक वर्षमै बजेट उपलब्ध गराउँने मन्त्री राईको भनाई छ । चालु आर्थिक वर्षमा उपलब्ध हुन नसके आगामी आर्थिक वर्षमा बजेट उपलब्ध गराइने मन्त्री राईले बताए । ‘यहाँको खानेपानी समस्या हल गर्नका लागि सक्दो सहयोग गर्नेछु,’ मन्त्री राईले भने, ‘यही आर्थिक वर्षमा एक करोड बजेट उपलब्ध हुनेछ, यो पटक सकिएन भने पनि अर्को आर्थिक वर्षमा बजेट आउँछ, ढुक्क हुनुहोस् ।’
बजेटलाई सही ढंगले खर्च गरेर खानेपानीको समस्या हल गर्न मन्त्री राईले स्थानीय जनप्रतिनिधि, उपभोक्ता समितिका पदाधिकारी लगायतलाई आग्रह गरे । सो अवसरमा साँगुरीगढी गाउँपालिका–५ का वडाध्यक्ष खड्ग लिम्बुले खानेपानीसहित अन्य पूर्वाधार विकासका लागि मन्त्री राईसमक्ष माग पत्र पेश गरेका थिए ।
मन्त्री राईले यसअघि धनकुटा बजारको खानेपानी समस्या समाधानका लागि पनि एक करोड उपलब्ध गराउँने उद्घोष गरेका थिए ।