

काठमाडौं – नेपाली बजारमा सुनले फेरी नयाँ रेकर्ड बनाएको छ। केही महिनादेखि सुनको मूल्य दिनानुदिन बढेर रेकर्ड कायम गर्दै आएको छ।

आज छापावाला सुन तोलामा १ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। आज सुनको भाउ १०० रुपैयाँले बढेको हो। सोमबार छापावाला सुन तोलामा १ लाख ३६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजावी सुन प्रतितोला १ लाख ३५ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Views: 89

