Aamsanchar

आजको राशिफल-बि.स.२०७४ वैशाख ०१ गते । शुक्रबार । ईश्वी सन् २०१७ अप्रिल १४ तारिख ।

Author Image
शुक्रवार, वैशाख १, २०७४
मेष राशि – Aries – (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

यात्रा गर्दा तथा सवारी चलाउँदा ध्यान दिनुहोला दुर्घटना नहोला भन्न सकिन्न । मनोबल कमजोर हुँने हुँनाले काम गर्न जोश जाँगर हराएर जानेछ । पढाई लेखाई तपाई आफ्नै कारणले  बिग्रनेहुँदा अरुभन्दा पछि परिनेछ । कामहरु समयमा नसकिने तथा अरुबाट बाधा व्यवधान हुँने हुँनाले मानशिक तनाब बढ्नेछ । माईती चेली बिचको सम्बन्धमा दुरी केहि बढेजस्तो हुँनेछ ।

वृष राशि – Taurus – (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

दाम्पत्य जीवनमा बिश्वासको वातावरण अझ बढेर जाने हुँनाले घर परिवारमा खुसियाली छाउँनेछ । व्यापार गर्ने शिलशिलामा यात्रा गर्ने अवसर जुर्नेछ भने यात्राका क्रममा बौद्धिक मानिसहरु सँग  भेटघाट हुँने हुँनाले मन प्रशन्न रहनेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति हुँने हुँनाले आफन्त तथा गुरुहरु प्रशन्न हुँनेछन् । सवारि साधन तथा धन सम्पति हात लाग्ने योग रहेको छ । व्यापारमा प्रशस्त नाफा कमाउँन सकिनेछ ।

मिथुन राशि – Gemini – (का, कि, कु, घ, ङ, छ, के, को, हा)

नयाँ कामको प्रस्ताब आउँने तथा रुपैया पैसा प्रशस्त कमाउँन सकिनेछ । आउने प्रेम प्रस्ताबलाई स्वीकार गरेर अगाडि बढ्दा फलिफाप हुनेछ । साथिभाई तथा आफन्त सँगको रमाईलो भेटघाटमा स्वादिष्ट भोजन ग्रहण गरि दिन कटाउँन सकिनेछ । बिद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुलाई हराई आफ्नो पक्षमा प्रतिफल निकाल्न सकिनेछ । शत्रु परास्त हुनेछन् भने व्यापार व्यवसाय फस्टाएर जानेछ ।

कर्कट राशि – Cancer – (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सवारी साधनको व्यापार व्यवसाय सुरु गर्दा भनेजस्तो नाफा कमाउन सकिनेछ । बिद्यामा  सफलता प्राप्त गर्न अलि बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आफन्तबाट भनेजस्तो सल्लाह तथा सुझाब पाईने हुँनाले सुधारात्मक काम गर्न सहयोग हुँनेछ । कृषि तथा पशुपालन व्यवसायबाट राम्रो आम्दानी हुँनेछ । समाजिक काममा समय दिनु पर्नेछ भने तपाईको काम देखि सबै खुशी हुनेछन् ।

सिंह राशि – Leo – (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कृषि तथा पशुपालन व्यवसायबाट भनेजस्तो नाफा कमाउँन सकिनेछ भने जग्गा खरिद बिक्रीबाट आम्दानी गर्न सकिनेछ । आमा तथा साथिभाई ईष्टमित्रबाट सहयोग हुँने हुँनाले मन खुशी हुँनेछ । बिद्यामा समय दिन नसक्दा अरु भन्दा पछि परिनेछ । आफ्नो भन्दा अरुको काममा दिन बित्ने हुँदा साथिभाई खुसि रहनेछन् । सामाजिक काममा दिन बित्ने योग रहेको छ ।

 कन्या राशि – Virgo – (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका कामहरु नियमित सुचारु हुँनेछन् । माया प्रेममा नजिकिने समय रहेको छ भने दाम्पत्य सम्बन्धमा सुधार गर्दै लैजान सकिनेछ । दाजुभाई तथा छिमेकीबाट तपाईले शुरु गर्नुभएको व्यापार व्यवसायमा सहयोग तथा समर्थन हुने हुँनाले प्रशस्त रुपैया पैसा कमाउँन सकिनेछ । पराक्रम बढ्ने हुँनाले नयाँ काम गर्ने जोश जाँगर बढेर आउँनेछ ।
तुला राशि – Libra – (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

अध्ययन तथा अध्यापनको क्षेत्रमा अरुभन्दा अगाडि बढि नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ । पछि सम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । परिवारका साथ रहेर मिष्ठान्न भोजन गर्ने अवसर मिल्नेछ । कुटुम्ब तथा आफन्तहरुले तपाईको काममा सहयोग गर्नेछन् । थोरै बोलेर प्रशस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ ।

वृश्चिक राशि – Scorpio – (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउँन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउँन सकिनेछ । तपाईको लवाई खवाई देखेर सबैजना मोहित हुनेछन् । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रशन्न हुनेछ । समयमा कामहरु सम्पन्न हुने तथा अरुको काम गरि नाम तथा दाम दुवै कमाउँन सकिनेछ । पढाई लेखाईमा प्रगति हुँनेछ ।

धनु राशि – Sagittarius – (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)


स्वास्थ्य सम्बन्धि समस्या आई काम गर्न गाह्रो महशुस हुँनेछ भने उपचार खर्च बढेर जानेछ । व्यापार व्यवसायमा केहि समय पर्खनु उचित होला । बिदेशी उत्पादन सँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ । पढाई लेखाईमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा धोका हुँने तथा घर परिवारमा आफन्त सँग घरायसी कुरामा विवाद सिर्जना हुँनेछ ।

मकर राशि – Capricorn – (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

नौलो प्रकृतिको काम गरि आयस्रोतमा बृद्धि गर्न सकिनेछ । व्यापार व्यवसायबाट मनग्गे फाईदा हुँनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक कामगर्दै नाम कमाउँन सकिनेछ । घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउँनेछ । बिभिन्न किसिमका भौतिक लाभ हुँनेछन भने सवारी साधन प्राप्तिको योग रहेको छ । अध्ययनमा मन जानेछ ।

कुम्भ राशि  – Aquarius – (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

समस्याहरुको समाधान गरि आम्दानीका स्रोत हरु बढाउन सकिनेछ । शत्रु परास्त हुनेछन् भने आफ्नो क्षेत्रमा बर्चस्व कायम राख्न सकिनेछ । बुबा वा बुबा सरहका मानिसबाट तपाईको काममा सहयोग हुँनेछ । परिवार तथा आफन्तको साथ पाईने हुँनाले काम गर्न सहयोग पुग्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ काम पाउने तथा गरिरहेको ठाउँमा बढुवा हुँने योग रहेको छ ।

मीन राशि – Pisces – (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धार्मिक स्थल तथा मन्दिरको यात्रा तय गर्न सकिनेछ । आफुभन्दा ठुला मानिसको सहयोग तथा समर्थन पाईने हुँदा मन प्रशन्न रहनेछ । पढाई लेखाई अरु दिन भन्दा सुधार भएर जाने हुनाले आफन्त तथा शिक्षकहरु खुशी हुँनेछन् । नयाँ योजना सार्वजनिक गरेर फाईदा लिन केहि समय पर्खनु पर्नेछ ।-nepaliheadlines.com

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर