धनगढी।
‘सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग’ (डिपिएल)क्रिकेटअन्तर्गत आज भएका खेलमा विराटनगर किङ्स र धनगढी टिम चौराहा विजयी भएका छन् ।
पहिलो खेलमा विराटनगर किङ्सले कञ्चनपुर आइकोनिकलाई पाँच विकेटले तथा अर्को खेलमा धनगढी टिम चौराहाले काठमाडौँ गोल्डेन्सलाई ११ रनले पराजित ग¥यो ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा टस हारेर ब्याटिङ गरेको कञ्चनपुर आइकोनिकले १७ ओभरमा सवै विकेट गुमाएर ८० रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको विराटनगर किङ्सले ९ दशमलव एक ओभरमा पाँच विकेट गुमाएर विजयी लक्ष्य पुरा ग¥यो । विराटनगर किङ्सका लागि कप्तान शरद भेषवाकरले १५ बलमा २८ रन, आकास थापाले १२ र प्रनित थापा मगरले ११ रन बनाए ।
बलिङतर्फ कञ्चनपुर आइकोनिकका सागर पुन एक्लैले पाँच विकेट लिए । यसअघि कञ्चनपुर आइकोनिकका लागि हसिम अन्सारीले २७ रन, कुसल भुर्तेलले १९ र आशिष पोखरेलले १० रन बनाएका थिए । बलिङतर्फ विराटनगर किङ्सका सुशील कँडेल र सन्दीप लामिछानेले चार÷चार विकेट तथा जितेन्द्र मुखियाले दुई विकेट लिए । ‘वेल्स क्याफे म्यान अफ द म्याच’ भएका कँडेलले रु १० हजार पुरस्कार प्राप्त गरे ।
अर्को खेलमा ब्याटिङ गर्दै धनगढी टिम चौराहाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३६ रन बनायो । धनगढीका लागि आरिफ शेखले सर्वाधिक ५८ रन, अनिल मण्डलले २९, शौरभ खनालले १६ र राजु रिजालले ११ रन बनाए ।
बलिङतर्फ काठमाडौँ गोल्डेन्सका लागि सोमपाल कामी र मञ्जित श्रेष्ठले तीन÷तीन विकेट लिए । एक सय ३७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको काठमाडौँ गोल्डेन्सले २० ओभरमा सबै विकेट गुमाएर १२५ रन मात्र बनाउन सक्यो । काठमाडौँका लागि सन्दीप जोराले २८ तथा सोमपाल कामीले २४ रन बनाए ।
बलिङतर्फ धनगढी टिम चौराहाका आरिफ सेख र शौरभ खनालले तीन÷तीन तथा रामनरेश गिरीले दुई विकेट लिए । ‘वेल्स क्याफे म्यान अफ द म्याच’ भएका धनगढीका आरिफ शेखले रु १० हजार पुरस्कार प्राप्त गरे ।
प्रतियोगिताअन्तर्गत आइतबार विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्स तथा सिवाईसी अत्तरिया र कञ्चनपुर आइकोनिकबीच खेल हुने छ । धनगढी क्रिकेट एकेडेमी र सूदुरपश्चिमाञ्चल एकेडेमीको संयुक्त आयोजनामा भइरहेको सो प्रतियोगितामा ६ वटा टिम सहभागि छन् । प्रतियोगिताको विजेताले रु १५ लाख र उपविजेताले रु सात लाख पुरस्कार प्राप्त गर्ने छ ।