Aamsanchar

बिर्तामोडमा शेयर ब्रोकरको शाखा

Author Image
आइतवार, वैशाख ३, २०७४

बिर्तामोड ।

झापाको बिर्तामोडमा  शेयर ब्रोकरको शाखा कार्यालय सञ्चालनमा आएको छ ।  नेपाल स्टक एक्सचेन्ज र धितोपत्र बोर्डले उपत्यका बाहिर शाखा खोल्ने आव्हान गरेपछि ब्रोकर नं. ५६ ले बिर्तामोडमा शाखा सञ्चालनमा ल्याएको हो ।
काठमाडौंको कमलादीमा मुख्य कार्यालय रहेको श्रीहरि सेक्युरिटिज प्रालिले आफ्नो पहिलो शाखा बिर्तामोडमा खोलेको हो । नयाँवर्ष २०७४ सालको शुभकामना आदानप्रदान कार्यक्रमसहित शेयर कारोबार कसरी गरिन्छ, खरिद बिक्रीको प्रावधान के हो, शेयर अभौतिकीकरण कसरी गरिन्छजस्ता विषयमा सहजीकरण गर्दै ग्राहक सेवा प्रदान गरिने लक्ष्य रहेको शाखा प्रमुख चन्द्र चौंलागाईंले जानकारी दिए ।
नेपाल उद्योग वाणिज्य महासंघका नव निर्वाचित केन्द्रीय सदस्य उमेश डालमियाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पूर्वक्षेत्रको आर्थिक समृद्धिका लागि शेयर ब्रोकरका कम्पनीहरुले सेवा प्रदान गर्न थाल्नु २०७४ का लागि सुखद् संकेत भएको बताईएको छ ।
कार्यक्रममा नेपाल उद्योग संघ झापाका अध्यक्ष टिकाराज ढकाल, एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीलगायतले आफ्ना विचार राख्दै सेयर कारोबारलाई मोफसलबाट पनि सञ्चालन गरिनु सुखद पक्ष रहेको बताए ।
कार्यक्रममा ब्रोकर नं. ५६ श्रीहरि सेक्युरिटिज कम्पनीका सञ्चालकद्वय  राजु उप्रेती र किसन खेतानले सेयरमा गरिएको लगानी समृद्धितर्फको यात्रा भएको जनाउँदै सँगसँगै यात्रा गर्न पूर्वक्षेत्रमा शाखा सञ्चालनमा ल्याएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर