![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/05/InShot_20240505_164536830.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
काठमाडौँ – कमलपोखरीका माछा धमाधम मर्न थालेका छन्। काठमाडौँ महानगरपालिकाले आधुनिक रूपमा पोखरी पुनर्निर्माण गरे पनि पोखरी सफा नहुँदा माछा मर्न थालेका हुन्।
मरेका माछा अहिले पोखरी किनारामा तैरिएका छन् तर, निकाल्ने काम भने भएको छैन। स्थानीयहरूले पानी सफा नभएको कारण दैनिक माछा मरिरहेको बताएका छन्। त्यही छेउका एक स्थानीयले भने, ‘पानी पनि छैन, भएको पानी पनि फोहोर छ, यही कारण माछा मरिरहेका छन्।’
करिब ६ करोड लगानीमा निर्माण भएको उक्त पोखरी २०७८ चैत २ गते महानगरपालिकाका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यले उद्घाटन गरेका थिए। वर्षातको वेला पोखरीमा पानी भरिभराउ हुने गरे पनि अहिले सुकेर पानी कम छ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले यसबारे केही थाहा नभएको जानकारी दिए। उनले भने, ‘खै के कसरी माछा मरे जानकारी छैन।’ पोखरीको पुनस्निर्माण भइरहेको वेला काठमाडौँ महानगरपालिकाले कंक्रिट प्रयोग गरेपछि विवाद चुलिएको थियो।