Aamsanchar

सुनको भाउ आज

Author Image
बुधवार, जेठ २, २०८१

काठमाण्डौ – सुनको भाउ आज एकै दिन तोलामा एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलाको एक लाख ३८ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ३७ हजार चार सय रुपैयाँ रहेको थियो ।

पछिल्ला केही दिनयता सुनको भाउमा उतारचढाव भइरहेको छ । हिजो सुनको भाउ सात सय रुपैयाँले घटेको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलाको पाँच रुपैयाँले बढेको छ । चाँदी आज तोलामा एक हजार सात सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको भाउ वृद्धि
आइतवार, पौष २७, २०८२