Aamsanchar

रवि लामिछानेले बोल्न पाउनुपर्छ : ओली

Author Image
बुधवार, जेठ २, २०८१

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा अब नेपाली कांग्रेसलाई बोल्न नदिइने बताएका छन्।

संसद भवन नयाँ बानेश्वरमा बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओली कांग्रेसप्रति आक्रामक देखिए।

‘कांग्रेस बोल्दा हामीले सुन्नुपर्ने, हामीले बोल्दा कांग्रेस कराउनेरु कहाँ हुन्छ त्यो? कांग्रेसलाई बोल्न दिइँदैन अब।’ ओलीले भने, ‘पहिले रवि लामिछानेले बोल्न पाउनुपर्छ। होइन भने हामी बोल्छौँ। कांग्रेसले बकवास गरिरहने अनि हामीले सुनिरहनुपर्ने हुँदैन। हामी चुप लागेर बसेका छौं भनेर हाम्रो बोली छैन भन्ने कांग्रेसले नबुझे हुन्छ।’

उनले संसद भोलिबाट सुचारु हुनुपर्ने बताए।

‘सरकार खुस्कियो भनेर रविलाई चिथोर्ने? कांग्रेसले घरबाट ल्याएको संसद हो र यो जतिबेला मन लाग्यो त्यतिबेला रोक्ने? कांग्रेसले पाखुरा देखाएका भरमा हामी लत्रिदिनुपर्ने?’ ओलीले भने, ‘कांग्रेसको सनकका पछाडि कुनै समिति बनाइरहनु जरुरी पनि छैन। कांग्रेसले रोकेर संसद अब रोकिरहनु पर्ने आवश्यक छैन।’

उनले आफूहरू मिलाउन लागिपरेको भन्दै उल्टै आफूहरूमाथि हमला गर्न खोजिएको भन्दै आक्रोश पोखे।

Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर