

काठमाडौं – नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेलाई विश्वकपमा सहभागी गराउन अन्तिम प्रकृया थालेको छ।

बलात्कार आरोपमा उच्च अदालत पाटनबाट सफाइ पाएलगत्तै निलम्बन फुकुवा गरेको क्यानले लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पठाउने तयारी थालेको हो ।

क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै लामिछानेलाई विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी गराउन पठाउने सम्बन्धमा अन्तर्राष्ट्रिय क्रिकेट परिषदलगायत सम्बन्धित निकायमा गम्भीरतापूर्वक पहल गरिरहेको जानकारी गराएको हो।

क्यानले लामिछानेलाई पठाउन अमेरिकाको भिसा प्रक्रिया समेत अघि बढाएको जानकारी गराएको छ ।
Views: 117

