Aamsanchar

केरा बगानभित्र छावा मृत फेला

Author Image
बुधवार, जेठ ३०, २०८१

विराटनगर – मोरङमा जंगली हात्तीको बच्चा (छावा)मृत फेला परेको छ। सुन्दरहरैँचा नगरपालिका–६ दुर्गा मन्दिर टोलनजिक भक्तराज लिम्बूको केरा बगानभित्र छावा मृत फेला परेको हो।

भाले जातको छावा बुधबार बिहान ६ बजेतिर मृत अवस्थामा भेटिएपछि स्थानीय र जनप्रतिनिधिले वन कार्यालय तथा प्रहरीलाई खबर गरेका थिए। सब डिभिजन वन कार्यालय लाटीझोडा एवं सब डिभिजन वन कार्यालय सलकपुर र प्रहरी चौकी गछियाको टोली अहिले घटनास्थल पुगिसकेको छ।

लाटीझोडा सब डिभिजन वन कार्यालयका प्रमुख एवं अधिकृत अमृतविलाश पन्तले वन कर्मचारी र प्रहरीको संयुक्त टोली घटनास्थललाई सुरक्षित राखेको जानकारी दिए। उनका अनुसार अन्दाजी ६र७ वर्षको जस्तो देखिने हात्तीको बच्चा केरा बगानभित्र मृत फेला परेको हो। छावाको मृत्यु हुनुको कारण खुल्न बाँकी रहेको पन्तले बताए।

 

यद्यपि, सुँडको छेउमा सामान्य चोट देखिएको छ। शरीरका अन्य भागमा अरु चोटपटक नदेखिएको पन्तको भनाइ छ। उनका अनुसार हात्तीको छावा कसरी व्यक्तिको नम्बरी जग्गाभित्रको केराघारीमा पुग्यो भन्ने यकिन भइसकेको छैन। घटनाको जानकारी कोशी टप्पु वन्यजन्तु आरक्षलाई गराइएको उनले बताए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर