Aamsanchar

वर्षाले खाँदबारी–नुम सडक खण्डमा क्षति

Author Image
बुधवार, जेठ ३०, २०८१

सङ्खुवासभा – कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–नुम खण्डको ठूलोढुङ्गा अरुणथान चार किलोमिटर क्षेत्रमा वर्षाले क्षति भएको छ । यो खण्डमा कालोपत्रका लागि गरिएको ‘सवबेस’, ग्याबनि पर्खाल र नाली बगाएको उत्तर–दक्षिण कोशी सडक आयोजनाका प्रमुख सविन कोइरालाले बताउनुभयो ।

कोशी राजमार्गअन्तर्गत खाँदबारी किमाथाङ्का खण्डको ठूलो ढुङ्गा–पाङ्मा अरुणथानमा सबैभन्दा धेरै क्षति भएको छ । वर्षाका कारण मकालु गाउँपालिकाको नुममा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

आयोजना प्रमुख कोइरालाले अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो । वर्षाले कालोपत्र गर्न तयार गरिएको सडक बगाउँदा झन्डै एक करोड रुपैयाँको क्षति भएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर