Aamsanchar

दाङका विद्यार्थी गर्मीले बेहोस

Author Image
बुधवार, जेठ ३०, २०८१

दाङ – अत्यधिक गर्मीको कारण दाङको तुलसीपुरमा रहेको एक विद्यालयका विद्यार्थीहरू बेहोस भएका छन्। तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालय उरहरीमा पढ्ने सात जना विद्यार्थी गर्मीले बेहोस भएको प्रधानाध्यापक पदम वलीले जानकारी दिए।

बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको वलीले बताए। गर्मीका कारण दिनहुँजसो विद्यार्थी बेहोस हुँदै आएकाले केही दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर