Aamsanchar

पहिरोले संखुवासभामा तीन बगायाे

Author Image
बिहिवार, जेठ ३१, २०८१

संखुवासभा – संखुवासभाको खाँदबारी नगरपालिका –११ आङ्ला स्थित कोक्तिमा गाउँमा पहिरोले तीन बगाएको छ। गएराति अविरल वर्षासँगै गएको पहिरोले खाँदबारी नगरपालिका –११ आङ्लास्थित कोक्तिमा गाउँमा तीन घर बगाएको हो।

खाँदबारी–११ आङ्लास्थित कोक्तिमा गाउँका मणि प्रसाद राई, राम प्रसाद राई र दिल बहादुर लाईको घर पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए।

पहिरोमा परेर मणिप्रसाद राई घाइते भएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए। पहिरोले घर बगाएपछि उनीहरुको विचल्ली भएको छ। उनीहरु अहिले छिमेकीको शरणमा छन्।

पहिरोबाट जिल्लाका विभिन्न ठाउँमा ९ घर विस्थापित भएका छन्। खाँदबारी नगरापलिका –४ सेकाहामा चार घर पहिरोबाट विस्थापित भएको खाँदबारी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष बिनोद सुब्बा गुरुङले जानकारी दिए।

पहिरोले चिचिला गाउँपालिकामा ५ घर पहिरोको उच्च जोखिममा परेका छन्। चिचिला वडा नम्बर १ र २ मा ५ घर पहिरोले उच्च जोखिममा परेको प्रहरीले जनाएको छ। जिल्लामा बाढी पहिरोले केकति क्षति भयो भन्न विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

पहिरोले उत्तर दक्षिण कोशी सडकमा समेत क्षति पुगेको छ। कालोपत्र गर्न ठिक्क पारिएको ४ किलोमिटर सडकमा क्षति पुगेको उत्तर दक्षिण कोशी सडक आयोजनाले जनाएको छ। यो कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्का सडक खण्डमा पर्छ। पानीले सडकमा करिब १ करोडको क्षति पारेको सडक कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 73

प्रतिक्रिया (०)

सम्बन्धित खबर