Aamsanchar

वडाध्यक्ष गोपी कृष्णको निधन

Author Image
बिहिवार, जेठ ३१, २०८१

ओखलढुंगा- ओखलढुंगा जिल्ला मोलुङ गाउँपालिका वडा-५ का वडा अध्यक्ष गोपी कृष्ण कार्कीको निधन भएको छ। हिजो बुधबारका दिन शिक्षण अस्पताल माहाराजगञ्ज काठमाडौंमा उपचारको क्रममा कार्कीको निधन भएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले यस दुखद घडीमा आज शोक बिदा दिएको छ। ‘यो निधनले मोलुङ गाउँपालिका परिवार मर्माहत र स्तब्ध भएको छ, शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक प्रकट गर्नका लागि आज १ दिन मोलुङ गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरुमा (शिक्षण संस्था समेत) शोक बिदा हुने व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,’सूचनामा उल्लेख छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर