Aamsanchar

एक दशक पछि अष्ट्रेलियाको मञ्चमा महजोडी

Author Image
बिहिवार, जेठ ३१, २०८१

महजोडीको नामले चर्चित वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य एक दशक पछि अष्ट्रेलियाको एडिलेडको मञ्चमा दर्शक माझ भव्य प्रस्तुति दिएका छन् ।

मह जोडीको साथमा वरिष्ठ कलाकार नरेन्द्र कंसाकार, किरण केसी कुन्ती मोक्तान र शिलाबहादुर मोक्तान लगायतका कलाकारले पनि मनोरञ्जन र सांस्कृतिक प्रस्तुति दिएका थिए । स्थानीय कलाकारहरूको नृत्यबाट सुरु भएको कार्यक्रममा वरिष्ठ गायिका कुन्ती मोक्तानले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन्। साथै स्थानीय लोकगायक मेक्सम खातीले पनि आफ्नो सांगीतिक प्रस्तुति दिएका थिए ।

कार्यक्रममा बहुचर्चित व्यक्तित्व मदनकृष्ण श्रेष्ठ मञ्चमा प्रवेश हुँदा सबै दर्शकहरूले उठेर  सम्मान जनाएका थिए ।  दर्शक आफ्नो भगवान भएको भन्दै श्रेष्ठले पनि दुवै हात जोडी दर्शकलाई शिर निहुराएर सम्मान फर्काएका थिए । वरिष्ठ कलाकार श्रेष्ठले आफ्नो प्रस्तुति दिनु अघि आफ्नो स्वास्थ्य स्थितिबारे दर्शकलाई जानकारी गराएका थिए। उनले भनेका थिए  उमेर पनि बूढो भयो, त्यसमाथि पार्किन्सनको बिरामी छु, खुट्टा अगाडि बढाउन निकै गाह्रो हुन्छ , यहाँहरूको आशीर्वाद र मायाले गर्दा साहस बटुलेर यहाँसम्म आइपुगेको छु।

महजात्रामा यस पटक मदनकृष्ण हरिवंशको जोडीले ‘होलबडी चेकअप’ र हरिवंश आचार्यको उपाध्याय मम सेन्टर प्रहसन गरेका थिए ।’होलबडी चेकअप’ देशको आर्थिक, सामाजिक परिवेशमा केन्द्रित रही नागरिकको स्वास्थ्य जस्तो महत्वपूर्ण क्षेत्रमा देखिएको लापरबाहीबारे व्यंग्य गरिएको थियो । उक्त हास्यव्यङ्ग्यमा मदनकृष्ण श्रेष्ठ , हरिवंश आचार्य ,किरण केसी , नरेन्द्र कंसाकार लगायतका कलाकारको प्रस्तुति दिएका थिए ।

कार्यक्रमको सञ्चालन सवा डिसी न्यौपाने र प्रेरणा ढुङ्गानाले गरेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर