Aamsanchar

इनारमा खसेर भोजपुरका एक युवाकाे ज्यान गयाे

Author Image
शुक्रवार, जेठ ३२, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिका–१० बुद्धनगरमा इनारमा खसेर एक व्यक्तिको मृत्यु भएको छ ।

बुद्धनगरस्थित भिष्म उप्रेतीको घरको पछाडि भागमा रहेको इनारमा डुबेर ललितपुर बागडोल बस्दै आएका भोजपुर घर भएका ४० वर्षीय गोपाल महतको मृत्यु भएको हो ।

इनार सफा गर्ने क्रममा महत भित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त बानेश्‍वर र बिपद व्यस्थापन महाशाखाबाट खटिएको प्रहरीले उनलाई उद्दार गरेको थियो ।

उपचारकै क्रममा राष्ट्रिय ट्रमा सेन्टर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 26

प्रतिक्रिया (०)

सम्बन्धित खबर