Aamsanchar

चमरी खोलाको साइफनमा नुहाउने क्रममा डुबेर बालकको मृ*त्यु

Author Image
शुक्रवार, जेठ ३२, २०८१

प्रतिकात्मक तस्बिर

वीरगन्ज – पर्साको जगरनाथपुर गाउँपालिका सिँचाइ गर्न बनाइएको खोलाको सहायक खोलामा शुक्रबार नुहाउने क्रममा डुबेर एक जना बालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा जगनरनाथपुर गाउँपालिका-१, पिडारी गुठीका  राउत गदीका छोरा ८ वर्षीय अब्दुल कलाम गदी रहेका छन्। पिडारीगुठि गाउँकै पश्चिममा रहेको चमरी खोलाको साइफनमा नुहाउने क्रममा डुबेर अब्दुलको मृत्यु भएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले जानकारी दिए।

प्रहरी निरीक्षक थापाका अनुसार शुक्रबार दिउँसो गाउँकै साथीहरूसँग अब्दुल साइफनमा नुहाउन गएका थिए। नुहाउने क्रममा अब्दुल डुबेपछि उनीसँगै रहेका साथीहरूले होहल्ला गरेपछि स्थानीयले उनलाई साइफनबाट निकाले पनि उनको मृत्यु भइसकेको थियो।

 

मृतक बालकको शव पोष्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पतालमा पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर