Aamsanchar

दक्षिण अफ्रिकाविरूद्ध उत्कृष्ट प्रदर्शनका वावजुद नेपाल १ रनले पराजित

Author Image
शनिवार, असार १, २०८१

काठमाडौं – आईसीसी टी–ट्वेन्टी विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध नेपाल १ रनले पराजित भएको छ।

हारसँगै नेपाल सुपर-८ नपुगी समूह चरणबाटै बाहिरिएको छ।

११६ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ११४ रन मात्रै बनाएको हो।

नेपालका लागि आशिफ शेखले सर्वाधिक ४२ रन बनाए । यस्तै अनिल साहले २७ रन बनाए। दक्षिण अफ्रिकाका तबरइज शम्सीले ४ विकेट लिए भने एडन मारक्रम र एनरिच जोर्टजेले समान १–१ विकेट लिए।

टस हारेर पहिले ब्यटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११५ रन बनाएको थियो।

दक्षिण अफ्रिकाका रेजा हेनड्रिक्कसले सर्वाधिक ४३ रन बनाए। यस्तै ट्रीस्टन स्टबसले २७ र कप्तान एडन मारक्रमले १५ रन बनाए। नेपालका लागि कुशल भुर्तेलले ४ तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर