Aamsanchar

गंगा दशहरा पर्व आज

Author Image
आइतवार, असार २, २०८१

काठमाडौं – जेष्ठ शुक्ल दशमी अर्थात् गंगा दशहरा पर्व। गंगा पृथ्वीमा अवतरण भएको दिनको रूपमा यसको महत्त्व छ।

भगीरथले अनेकौँ प्रयास गरी यही दिन गंगालाई पृथ्वीमा ल्याएको पुराणमा उल्लेख छ। १० प्रकारका पाप नाश हुने विश्वासमा नदी पवित्र तलाउ तथा तीर्थस्थलमा स्नान गरी तर्पण गरेर यो पर्व मनाइन्छ।

दशहरा ज्येष्ठ शुक्ल प्रतिपदामा शुरु भई दशमीमा पूरा हुन्छ। यसमध्ये दशमीको विशेष महत्त्व रहेको बताइन्छ। सके दशैदिन स्नान गर्ने नसके दशमीका दिन स्नान गर्ने विधान छ। यस दिनको दान तथा उपवासको विशेष महत्त्व छ।

रसुवाको गोसाइँकुण्ड नुवाकोटको वेत्रावतीलगायत दोभान तथा त्रिवेणीमा श्रद्धालुको घुइँचो लाग्छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर