Aamsanchar

इजरायली सेनामाथि रकेट आक्रमण, आठ जनाको मृ*त्यु

Author Image
आइतवार, असार २, २०८१

गाजामा लगातार आक्रमण गरिरहेको इजरायली सेनामाथि रकेट आक्रमण भएको छ। गाजास्थित रफाहमा भएको आक्रमणमा इजरायली डिफेन्स फोर्सेजका आठ सैनिकको मृत्यु भएको छ भने केही घाइते भएका छन्।

समाचार एजेन्सी एएफपीका अनुसार इजरायली बख्तरबन्द गाडीमा भएको आक्रमणमा ती सैनिक मारिएका हुन्। सेनाले मृत्यु हुनेमा एक क्याप्टेनसहितका सैनिक अधिकारी रहेको जानकारी दिएको छ । यो घटनाको जिम्मा हमास समूहले लिएको छ।

हमास समूहमा आबद्ध इज्जेदिन अल-कासम ब्रिगेडले इजरायली सेनाको बुल्डोजरमा आफूहरूले रकेट आक्रमण गरेको र त्यसपछि आगलागी भएको बताएको छ। साथै उसले आक्रमणपछि आगलागीमा परेको गाडीलाई सहयोग गर्न आएको बख्तरबन्द गाडीमाथि पनि आक्रमण गरी ध्वस्त बनाएको दाबी गरेको छ।

इरायली सेनाले गत अक्टोबरदेखि निरन्तररुपमा गाजामा आक्रमण गरिरहेको छ। पछिल्लो समय गाजाको रफाह क्षेत्रमा इजरायली सेनाले आक्रमण केन्द्रित गरेको छ। हमासको सशस्त्र समूहको अन्तिम बटालिएन यही ठाउँमा लुकेको उसको दाबी छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 24

प्रतिक्रिया (०)

सम्बन्धित खबर