Aamsanchar

पर्यटक चढेको गाडी दुर्घटना हुँदा भारतमा १४ जनाको मृत्यु

Author Image
आइतवार, असार २, २०८१

नयाँ दिल्ली -भारतको गुरुग्रामबाट उत्तराखण्ड घुम्नको लागि गएका पर्यटक चढेको गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।

पर्यटकले भरिएको गाडी रुद्रप्रयागको छेउमा बद्रीनाथ नेसनल हाइवेबाट अनियन्त्रित भएर करिब ३०० मिटर तल बगिरहेको अलकनन्दा नदी किनारमा झरेको थियो ।रुद्रप्रयाग जिल्लाका आपदा प्रबन्धन अधिकारी नन्दन सिंह रजवारले जनाएअनुसार २६ जना लिएर गुडेको गाडी शनिबार बिहान साढे ११ बजे दुर्घटनाग्रस्त भएको हो । सो घटना रुद्रप्रयागको मुख्यालयबाट करिब सात किमी टाढा रैतोली ठाउँमा भएको थियो । सो गाडी शुक्रबार राति १० बजे नयाँ दिल्लीबाट चोपताका लागि निस्केको थियो । गम्भीर घाइते भएकाहरूलाई एयर लिफ्ट गरिएको उनले बताएका छन् ।

मुख्यमन्त्री पुष्करसिंह धामीले घाइतेको बारेमा अस्पतालमा गएर जानकारी लिएका थिए । उनले गम्भीर घाइतेलाई ४० हजार तथा सामान्य घाइतेलाई १० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा समेत गरेका छन् । बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर