Aamsanchar

सशस्त्रकाे गोताखोरले निकाल्याे भेरी नदीमा बेपत्ता दुई जनाकाे श*व

Author Image
आइतवार, असार २, २०८१

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ स्थित भेरी नदीमा बेपत्ता भएका दुवै जनाको शव सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ ।

१ असारमा नुहाउने क्रममा बेपत्ता भएका भुपेन्द्र केसी र विनोद केसीको शव सशस्त्र प्रहरीले आइतबार निकालेको हो ।सशस्त्र प्रहरी बल नेपाल नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतबाट सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश बहादुर थापाको कमाण्डमा गएको १० जनाको गोताखोरले आइतबार साढे १२ बजेतिर भुपेन्द्र केसीको र करिब १ बजेतिर विनोद केसीको शव ३० फिट गहिराईबाट निकालेको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर