Aamsanchar

वैदेशिक रोजगार विभागमा आइटी आर्मीकाे प्रदर्शन

Author Image
आइतवार, असार २, २०८१

काठमाडौँ – आमजनता पार्टी निकट आइटी आर्मीले वैदेशिक रोजगार विभागसामु विरोध प्रदर्शन गरेको छ।

आइतवार वैदेशिक रोजगार विभागसामु भेला भई उनीहरूले विरोध प्रदर्शन गरेका हुन्। विरोध प्रदर्शनका क्रममा बोल्दै आइटी आर्मीका अध्यक्ष चन्द्रभूषण साहले वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन विरोध प्रदर्शन गर्नुपरेको बताए। उनले वैदेशिक रोजगार क्षेत्रमा अवैध तरिकाले बिनाभौचर असुली भइरहेकोबारे खबरदारी गरेको बताए।

उनले अवैध रकम असुली रोजगार पीडितलाई फिर्ता नगरेसम्म आफूहरूको आन्दोलन जारी रहने चेतावनी दिए।

साहले भने, ‘हामी वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन, वैदेशिक रोजगार क्षेत्रमा बिनारसिद ५ हजार, १० हजारको रसिद दिएर दुई लाख, चार लाख, पाँच लाख रुपैयाँ असुली भइरहेको छ, त्यो रकम फिर्ता दिलाउन र वैदेशिक रोजगार पीडितलाई न्याय दिलाउन, विदेशमा अलपत्र परेकाहरूलाई उद्धार गराउन र फ्री भिसा, फ्री टिकट जस्ता नारामा मात्र नभई व्यवहारतः कार्यान्वयन हुनुपर्छ, त्यसको पूर्णतः कार्यान्वयन नभई संघर्ष जारी रहन्छ।’

उनीहरूले बेरोजगार युवाहरूलाई स्वदेशमै रोजगार दे, श्रमिकलाई ठग्न पाइँदैन लगायतका प्लाकार्ड बोकेर विरोध जनाएका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 17

प्रतिक्रिया (०)

सम्बन्धित खबर