

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ । हिजो तोलामा एक हजार छ सय रुपैयाँले बढेको सुनको भाउ आज छ सय रुपैयाँले घटेको हो ।

आज सुन तोलाको एक लाख ४२ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ४२ हजार आठ सय रुपैयाँ रहेको थियो ।
यस्तै आज चाँदी २० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Views: 98

