Aamsanchar

काठमाण्डौमा पेट्रोल–डिजेलको अभाव

Author Image
सोमवार, असार ३, २०८१

काठमाण्डौ – ट्याङ्कर व्यवसायीका विभिन्न सङ्घरसंस्थाको आन्दोलनका कारण काठमाण्डौमा पेट्रोल–डिजेलको अभाव भएको छ । कतिपय पम्प बन्द छन् । पेट्रोल पम्प बन्द हुँदा उपभोक्तालाई सास्ती भएको छ । थानकोटबाट आउने पेट्रोल ट्याङ्करहरू व्यवसायीले रोकेका छन् ।

खाद्य वस्तुसरह पेट्रोलियम पदार्थलाई सरकारले अत्यावश्यक वस्तुको सूचीमा राखेको छ । यी वस्तु ढुवानी वा बिक्रीरवितरणमा अवरोध गर्न पाइन्न । तर नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घले पेट्रोलियम पदार्थको ढुवानी ठप्प पारेको छ । चालक, सहचालकलाई श्रम ऐनअनुसार तलब, जोखिम भत्ताको व्यवस्थालगायत सात बुँदे माग राखेर उनीहरूले हिजोदेखि थानकोट डिपोबाट इन्धन उठाएका छैनन् ।

नेपाल पेट्रोलियम ट्याङ्कर चालक सङ्घका अध्यक्ष ईश्वर लामाले समस्या समाधान गर्न नेपाल आयल निगम, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बद्ध निकायसँग पटक पटक अनुरोध गरे पनि सुनुवाइ नभएको बताउनुभएको छ । समस्या समाधान र श्रमिकको मागबारे अहिले छलफलमा जुटेको पनि उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 27

प्रतिक्रिया (०)

सम्बन्धित खबर