Aamsanchar

२४ वर्षपछि आज रुसी राष्ट्रपति पुटिन उत्तर कोरिया जाँदै

Author Image
मङ्गलवार, असार ४, २०८१

काठमाण्डौ – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज उत्तर कोरियाको भ्रमणमा जाँदै हुनुहुन्छ। गएको वर्ष उत्तर कोरियाका नेता किम जोङ उनको रुस भ्रमणपछि पुटिनको उत्तर कोरिया भ्रमण हुने भएको बीबीसीले जनाएको छ ।

पुटिनको उत्तर कोरियाको भ्रमण २४ वर्षपछि हुन लागेको हो । यसअघि उहाँको प्रथम भ्रमण सन् २००० मा भएको थियो । रुस र उत्तर कोरियाली सम्बन्ध सोभियत सङ्घ तहको नभएपनि धेरै नजिकको भएको बताइएको छ ।

दुई दिने भ्रमणका क्रममा रुसी राष्ट्रपति पुटिनले उत्तर कोरियासँग हातहतियार, निर्माण कामदार, युद्धको बेला आवश्यक स्वयंसेवकहरु बारे छलफल गर्ने अनुमान गरेको छ । त्यसको लागि उत्तर कोरियाले अमेरिकी भूमिमै आक्रमण गर्ने लामा दूरीका क्षेप्यास्त्र दिन सहयोग गर्ने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर