Aamsanchar

सबै फोहर बालेन साहको घर अगाडि थुपारौँ, हामी साथमा छौँ :डा.अमरेशकुमार सिंह

Author Image
बुधवार, असार ५, २०८१

काठमाडौँ – प्रतिनिधिसभा सदस्य डा.अमरेशकुमार सिंहले काठमाडौँका कवाडी व्यवसायीलाई काठमाडौं महानगरका प्रमुख बालेन्द्र साहको घर र महानगरअगाडि लगेर फोहर फाल्न आह्वान गरेका छन्। यसका लागि आफूले सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिनिधिसभा सदस्य सिंहले प्रतिनिधिसभामा बोल्दै बुधवार उक्त आह्वान गरेका हुन्। उनले मधेशको मान्छे काठमाडौंमा देख्नै नहुने सरकारको यो कस्तो रणनीति हो भन्दै आलोचना गरे।

उनले कवाडी व्यवसायीमाथि सरकारले दमन गरेको बताए। उनले मधेशी जनतामाथि प्रहरीले दमन गर्नुले फेरि रंगभेदको आन्दोलन शुरु हुने खतरा देखिएको बताए। उनले आन्दोलनका क्रममा प्रहरीको लाठी चार्जबाट घाइते भएकाहरूको निःशुल्क उपचारको माग गरे।

सिंहले भने, ‘मधेशका कवाडी व्यवसायीहरू आन्दोलनरत छन्। शान्तिपूर्ण आन्दोलन गर्दा एकाएक लाठी चार्ज भयो, २१ औं शताब्दीमा रंगभेद र जातिभेद गरिन्छ। एउटा वर्गले आन्दोलन गर्दा पानीको फोहरा, केही हुँदैन। सबै फोहर बालेन साहको घर र महानगरपालिका अगाडि थुपारौँ। त्यसका लागि हामी साथमा छौँ। किनभने महानगरले नै सिकाएको हो।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 86

प्रतिक्रिया (०)