Aamsanchar

इलाम-१मा पुनः निर्वाचन गर्न माग गर्दै हालेकाे मुद्दा झलनाथले हारे

Author Image
बुधवार, असार ५, २०८१

झापा – इलाम-१ बाट प्रतिनिधिसभा सदस्यमा पराजित एकीकृत समाजवादीका नेता झलनाथ खनालले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा हारेका छन्। निर्वाचन बदर गरी पुन निर्वाचन गराई पाउँ भन्दै खनालले हालेको मुद्दा बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासले खारेज हुने फैसला सुनाएको हो।

२०७९ मङ्सिरमा भएको निर्वाचनको नेता खनाललाई नेकपा एमालेका महेश बस्नेतले पराजित गरेका थिए। बस्नेतले २५ हजार ७५३ मत ल्याउँदा खनालले २३ हजार ८९ मत प्राप्त गरेका थिए। आफूले हार व्यहोर्नु परेपछि खनाल सर्वोच्च पुगेका थिए। निर्वाचनको मतदानमा धाँधली भएको दाबीसहित नेता खनालले इलाम १ मा पुनः निर्वाचन गर्न माग गरेका थिए।

रिट खारेज भएसँगै बस्नेतले वैधानिकता पाएका छन् । खनालको रिटमा २०७९ पुस ६ गते कारण देखाऊ आदेश जारी भएपनि त्यसपछि सुनुवाइ हुन सकेको थिएन। आज विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना, मनोजकुमार शर्माको पूर्णर संवैधानिक इजलासमा मुद्दा परेको थियो।

 

यसैगरी दोहर्याई मतगणना गरी पाउँ भनेर मुद्दा दायर गर्ने सुरेन्द्र प्रसाद चौधरी, महेन्द्र यादबको पनि रिट खारेज भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 95

प्रतिक्रिया (०)