Aamsanchar

जर्मनी युरो कपकाे अन्तिम १६ मा

Author Image
बिहिवार, असार ६, २०८१

काठमाडौं – आयोजक जर्मनी युरो कप २०२४ को अन्तिम १६ मा पुग्ने पहिलो टोली बनेको छ। गएराति भएको समूह चरणको आफ्नो दोस्रो खेलमा हंगेरी माथि २-० को जित निकाल्दै जर्मनी दोस्रो चरणमा प्रवेश गरेको हो।

जर्मनीका लागि जमाल मुसियाला र इलकाय गुन्डोगानले समान १र१ गोल गरे।

२२औं मिनेटमा गुन्डोगानकै पासमा गोल गर्दै मुसियालाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। ६७औं मिनेटमा म्याक्सीमिलियन मिटेल्सताइड्टको क्रसमा गुन्डोगानले गोल गर्दै जर्मनीको जित सुनिश्चित गरे।

पहिलो खेलमा स्कटल्यान्ड माथि ५-१ को फराकिलो जित दर्ता गरेको जर्मनीको २ खेलमा ६ अंक भएको छ। पहिलो खेलमा स्विट्जरल्यान्ड विरुद्ध पराजित हंगेरी २ खेलमा अंकविहिन छ।

स्विट्जरल्यान्ड र स्कटल्यान्डबराबरी खेल्दै अंक बाँडे। २ खेलमा एक जित र एक हार सहित स्विटजरल्याण्ड चार अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

समूह बी अन्तर्गत गएराति भएको पहलो खेलमा क्रोएसिया र अल्बानियाले २-२ को रोमाञ्चक बराबरी खेले।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 29

प्रतिक्रिया (०)

सम्बन्धित खबर